काठमाडौँ,१४ साउन | अखिल(क्रान्तिकारी)ललितपुर जिल्लाकाे आयोजनामा शिक्षामा बढेकाे निजिकरण र व्यापारिकरणका विरुद्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।
अखिल(क्रान्तिकारी) ललितपुर जिल्ला अध्यक्ष इश्वर सिहं साउदकाे सभापतित्वमा उक्त कार्यक्रम संचालन भएकाे थियाे भने कार्यक्रममा प्रमुख अतिथिमा ने.क.पा( क्रान्तिकारी माअाेवादी)का पी.विएम तथा वागमती प्रदेशका इन्चार्ज क.अटल र विशेष अथितीमा अखिल(क्रान्तिकारी)का केन्द्र अध्यक्ष हरिकृष्ण गजुरेल रहेको थियो | यसै गरी अतिथिहरु अभिभावक संधकाे अध्यक्ष सुप्रभात भण्डारी, अखिल (क्रान्तीकारी)काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपाने, सचिव राम तिरुवा, ललितपुर महानगरका शिक्षा शाखाका नबराज रिजाल, लगायतकाे अातिथ्यतामा कार्यक्रम रहेकाे थियाे।

शिक्षामा चरम रुपमा बढेको निजीकरण र व्यापारीकरण विरुद्ध अखिल(क्रान्तिकारी)ले उक्त कार्यक्रमकाे आयोजना गरेकाे हाे।

