काठमाडौं वैशाख १८ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी गठबन्धन मेलुङ–काठमाडौं सम्पर्क समन्वय समितिले हिजो बृहत चुनावी भेला कार्यक्रम सम्पन्न गरेको छ ।
नेकपा एकिकृत समाजवादी,नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्र मेलुङ-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको मतदाता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा काठमाडौंमा रहेका मेलुङको उत्साहजनक उपस्थिति रहेको थियो । स्थानीय तह निर्वाचन आउन १३ दिन मात्रै बाँकी रहँदा मेलुङ्को बाम गठबन्धनले गौसला अनुपम व्याङक्वेयटमा बृहत भेला गरेको हो ।
कार्यक्रममा उम्मेदवारहरुले आ–आफ्नो तर्फबाट केही प्रतिवद्धता व्यक्त गरेका छन् ।स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुले घरदैलो अभियानसँगै काठमाडौंमा रहेका मतदाताहरुसँग भेटघाट कार्यक्रमलाई तिव्रता दिएका हुन।
नेकपा एकिकृत समाजवादीको पोलिट ब्युरो सदस्य शिव प्रसाद भन्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र को नेता शंकर लामा ,नेपाली काङ्ग्रेस दोलखाको सभापति बर्मा लामा लगायत मेलुङ गाउँपालिकामा अध्यक्षका नेकपा एकिकृत समाजवादी उम्मेदवार रबिन्द्र कार्की र काङ्ग्रेसबाट उपाध्यक्षका उम्मेदवार भक्त तामाङ तथा ८ वटै वडाका वडाध्यक्षका उम्मेदवारहरुको उपस्थित रहेको थियो ।