जोरपाटीमा शेरबहादुरको उमेद्वारी सुशासन,दीगो बिकास र समृद्धिको लागि ,

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

धनकुटा १२ बैसाख ।

छथर जोरपाटी गाउँपालिकामा नेकपा एमालेलेका तर्फबाट अध्यक्ष पदको उमेद्धारमा पालिकाका निवर्तमान अध्यक्ष शेरबहादुर लिम्बूले उमेद्धारी दिनुभएको छ ।

सोमबार एक भव्य समारोहका बीच पाटीका तर्फबाट लिम्बू र उपाध्यक्षमा गोमा कार्की सहित ३२ जनाले निर्वाचन कार्यालय जोरपाटीमा मनोनयन दर्ता गराउनुभएको हो ।

लिम्बूले छथर जोरपाटी गाउँ कमिटीका अध्यक्ष ईन्द्र सारु मगरको प्रस्ताव तथा जिल्ला कमिटी सदस्य बीरबहादुर श्रेष्ठको समर्थनमा लिम्बूले मनोनयन दर्ता गराउनुभएको हो ।

उमेद्धारी दर्ता गराउँदै लिम्बूले आफ्नो उमेद्धारी छथर जोरपाटी गाउँपालिकाको सुशासन सहितको दीगो बिकास र समृद्धिको लागि भएको जानकारी दिनुभयो ।

पाटिका तर्फबाट वडा नं.१ को अध्यक्षका लागि मच्छिन्द्र लिम्बू,खुल्ला सदस्य तर्फ दिपक कार्की र रत्नबहादुर लिम्बूृ (लिलाराम),महिला सदस्यमा अनिता सुबेदी र दलित महिला सदस्यमा तुलसा देवी बिश्वकर्माले उमेद्वारी दिनुभएको छ ।

वडा नं. २ बाट वडा अध्यक्षमा तारा राना मगर खुल्ला सदस्यमा बीरबहादुर सारु मगर र जीतबहादुर लिम्बू,महिला सदस्यमा जानुका कार्की र दलित महिला सदस्यमा जानुका नेपाली रहनुभएको छ ।

वडा नं. ३ बाट वडा अध्यक्षमा निवर्तमान अध्यक्ष ज्ञानबहादुर लिम्बू,खुल्ला सदस्यमा क्षेत्रबहादुर लिम्बू र तारा दाहाल,महिला सदस्य उर्मिला भुजेल र दलित महिला सदस्य डम्बरकुमारी सुन्दासले उमेद्वारी दिनुभएको छ ।

वडा नं.४ अध्यक्षमा निवर्तमान अध्यक्ष टेकबहादुर घिसिङ(तामाङ) खुल्ला सदस्यमा खिन्द्र अधिकारी र शिवबहादुर लिम्बू(शिब आङ्ला),महिला सदस्य कमलकुमारी लिम्बू र दलित महिला सददस्य डम्बरकुमारी बि.क.ले उमेद्वारी दिनुभएको छ ।

वडा नं. ५ बाट अध्यक्ष पदका लागि प्रेम लिम्बू खुल्ला सदस्यमा ई्न्न्द्रबहादुर थापा र प्रेमबहादुर लिम्बू,महिला सदस्य दाकिमु शेर्पा र दलित महिला सदस्य उषा नेपाली रहनुभएको छ ।

वडा नं. ६ बाट वडा अध्यक्षमा निलबहादुर थापा, खुल्ला सदस्य भद्रबहादुर बिष्ट र गणेशबहादु्र थापा, महिला सदस्य टिमला श्रेष्ठ र दलित महिला सदस्यमा बिष्णु.बि.क.ले उमेद्वारी दिनुभएको छ ।

पालिकाका लागि एमाले सहित गठबन्धन,राष्ट्रिय प्रजातन्त्र पाटी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उमेद्धारी दर्ता गराउने क्रममा जारी रहेको छथर जोरपाटीका प्रमुख निर्वाचन आयुक्त गोकुल बहादुर निरौलाले जानकारी दिनुभयो ।