शैलुङ , ११ वैशाख | शैलुङ गाउँपालिकामा गठबन्धन बाट अध्यक्ष र उपाध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ | अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्र बाट रिमालबाबु श्रेष्ठ चयन भएको छ भने उपध्यक्ष पदमा नेपाली कांग्रेस बाट दावादोर्जे मोक्तान चयन भएको छ |उम्मेदवारको टुंगो लागेपनि उम्मेदवारी दर्ता भने भोलि गर्ने भएको छ |
अध्यक्ष पदका लागि मनोनित भएका रिमालबाबु श्रेष्ठ द्वन्द्वकालीन समय देखि माओवादीमा सक्रिय हुनुहुन्छ भने उपध्यक्ष पदका उम्मेदार लामो समय देखि नेपाली कांग्रेस मा सक्रिय राजनीति गर्दै आउनु भएको छ |
गठबन्दन भएकै कारण पनि यस पटकको निर्वाचनमा बहुमत ल्याउने सबैले आँकलन गरिएको छ |