गतलाङमा प्रथम गतलाङ युवा समाजद्वारा “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” नामक कार्यक्रम सम्पन्न

प्रभात लामा | हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गत्लाङमा प्रथम गतलाङ युवा समाजद्वारा “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” पर्यटन प्रबर्द्धन ,तामाङ,भेषभुषा,भाषा,धर्म र संस्कृतीको संरक्षण जगेर्ना गरौं भने मुला नारा साथ नयाँ बर्षा कार्यक्रम २०८२ प्रथम गतलाङ युवा समाज तथा गाउँपालिका स्तरीय पुरुष/महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो | म्याराथन ,तामाङ साँस्कृतिक नाँचगान साथै महिला सशक्तिकरण र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको थियो |

पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम श्रेणीमा साहार समाज नेपाल हाकु,दाेस्राे श्रेणीमा श्री छाे डिल्बु समाज चिलिमे र तेस्राे श्रेणीमा हाकु युवा साेसाईटी र महिला तर्फ प्रथम श्रेणीमा आयोजक(A)दोस्रो हिमालयन इङलिस सेकेण्डरी स्कुल र तेस्रो आयोजक(B) सफल भएको छ |

कार्यक्रममा अध्यक्ष सुराज तामाङ ,प्रमुख अथिती बुचुङ तामाङ ,विशेष अथिती चण्डिका तामाङ , छेवाङ दोर्जे तामाङ अथिती वडाअध्यक्ष सुरेन्द्र तामाङ ,अविनश लामा,रहेको थियो | प्रमुख अथिती,विशेष अथिती र अथितिहरुले खेलाडी सबैलाई हार्दिक बधाई सफलताको शुभकामना समेत दिनु भयो |