
प्रभात लामा रसुवा | हिमाली जिल्ला रसुवाको आमाछोदिङमो गाउपलिका वडा ३ गत्लाङ स्थित रहेको आमाछाेदिङमाे अर्थात पर्वाती कुण्डा समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरकाे उचाईमा रहेकाे धार्मिक पर्यटकीय क्षेत्र हो | आमाछाेदिङमाे अर्थात पार्वतीकुण्डमा विगतका वर्ष जस्तै जनैपूर्णिमाको अवसरमा यस वर्ष पनि मेला लाग्ने भएकाे छ ।
पार्वतिकुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङका अनुसार स्थानीय भाषामा पार्वतीकुण्डलाई आमाछाेदिङमाे भनिन्छ । यसकाे अर्थ पानी जमेकाे ताल भन्ने बुझिन्छ । २०३२/३३ साल तिर नेपाली सेनाकाे सहयाेगमा सडक निर्माण गर्ने क्रममा आमाछाेदिङमाे को नाम परिवर्तन गरि पार्वतिकुण्ड राखेको हो । तर अहिले स्थानीय सरकारको स्थापना भएपछी पर्वाती कुण्डा लाई पुरानाे नामबाट अहिले गाउँपालिकाकाे नाम आमाछाेदिङमाे राखिएकाे छ ।
साविककाे गत्लाङ गाविस हाल आमाछाेदिङमाे गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्डमा जनैपूणिर्माकाे दिन प्रकृतिको पुजा गर्ने र धामीझाक्रिहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पुजा गर्ने गरेकाे उपप्रमुख चण्डिका तामाङले बताउनु भयो ।
कुण्डको धार्मिक अस्था
आमाछाेदिङमाे अर्थात पार्वतीकुण्डमा सन्तान नहुने वा अन्य कुनै व्यक्तिले आफ्नो समस्या सामाधान गर्नको लागि जनैपूर्णिमाको मेलामा लामा र झाँक्रीको मन्त्रबाट पूजा गरी वर माग्यो भने पाइन्छ र आमाछाेदिङमाेले मनकामना पुरा गरि दिन्छन भन्ने मान्यता छ | तर त्यो व्यक्तिले जनैपूर्णिमा र फाँगुन पुर्णिमाको दिन छोज्या गर्नुपर्दछ । छोज्या भनेको( पुजा) तीर्थमा आउने तीर्थालुहरूलाई खाना खाजा खुवाउने कार्य भन्ने बुझिन्छ ।
पार्वतीकुण्डको सम्बन्ध भारतको हिमालचलको बुद्वागयको छोपेमाकु्ण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको बिश्वास रहेको छ । यदि भारतको बुद्वागयको छोपेमा कु्ण्डको दर्शन गर्न नसकेमा पार्बती कुण्डको दर्शन गरे आफ्नो मनोकामना पूरा हुने किम्वधन्ती छ भने गोसाइँकुण्डको दर्शन गरे पश्चात अनिवार्य आमाछाेदिङमाे अर्थात पार्बतीकुण्डको दर्शन गरेमा मनका ईच्छा पूरा हुने जनबिश्वास रहेको स्थानीय समाजसेवी प्रभात लामाले बताए ।
कुण्डमा यसरी पुग्ने सकिन्छ
आमाछाेदिङमाे अर्थात पार्वतीकुण्ड जान काठमाण्डौबाट विहानको ०६:३० बजे गत्लाङ सम्मको सार्वजानिक बस छुट्छन । आमाछाेदिङमाे अर्थात पार्वतीकुण्ड सदरमुकाम धुन्चेबाट ३२ किमी टाढा पर्दछ । पार्वतीकुण्ड पुग्न धुन्चे देखि ११ किमी स्याफ्रुबेशी पुगे पछि कोमिन वा रोङ्गाखोला दुवै बाटो हुदै पुग्न सकिन्छ । पहिल्लो बाटो स्याफ्रुबेशी पुगे पछि कोमिन, बाहुनडाँडा हुदै गत्लाङ जाने बाटोबाट पुग्न सकिन्छ भने दाश्रो बाटो स्याफ्रुबेशी, रोङ्गाखोला, चिलिमे, गोल्जुङ हुदै आमाछाेदिङमाे पुग्न सकिन्छ ।
पार्वतीकुण्ड नजिकबाट घुम्न सकिने स्थानहरु
आमाछाेदिङमाे अर्थात पार्वतीकुण्डमा धार्मिक पाठपुजा पश्चात कुण्डको वरिपरि एक सय ८ धारा, बुद्धा पार्क र भ्यु पाइन्ट अवलोकन गर्न सकिन्छ । आमाछाेदिङमाे अर्थात पार्वतीकुण्ड तामाङ सम्पदा मार्गमा पर्ने भएको हुँदा यस क्षेत्रको तामाङ समुदायको कालो गाँउले परिचित गत्लाङ गाँउ अवलोकनको साथै अर्गानिक लोकल फलफुल तथा तरकारीहरु कोसिली किन्न सकिन्छ ,तामाङ, कला, सस्कृति, परम्परा र रहनसहनको अध्ययन गर्न पाउनुको साथै यहिबाट नै रुबिभ्याली पर्यटन पथमार्ग पनि जोडिएको हुँदा रुबिभ्यलीको पनि अवलोकन समेत गर्न सकिन्छ । साथै यस क्षेत्रको नजिकमा गत्लाङ याक चिज उत्पादन केन्द्र, जागेश्वरकुण्ड, गणेश हिमाल ,पल्दोर पिक साङ्जेन भ्याली ,नोज्येकुण्ड, नाककुण्ड, र ज्यार्सातेन्जो भ्यु पाईन्ट समेतको अबलोकन र भ्रमण गर्न सकिन्छ ।