
धनकुटा असार १९,
धनकुटाकाे सहिदभूमि गाउँपालिका वडा नं २ मा १६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न भएको छ ।
सम्पन्न आयोजना तथा कार्यक्रमहरुमा मुलधावा रासिद्वे गुठी सडक ५ लाख, अजम्बरी टाेल विकास भवन लालहाेङ्ग २ लाख ५० हजार ,छपाैली टाकुरे सडक स्तरउन्ती ४ लाख ,ज्यामिरे अधेरी ग्रामीण सडक ५ लाख , सुक्रकेशर सतसंघ भवन ५ लाख , ज्यामिरे पुङ्ठुङ्ग सडक ३ लाख , साम्वुगाउ पातल सडक साेलिङ निर्माण १ लाख, साम्बुगाउ अरुणगुठी सडक साेलिङ निर्माण १ लाख ,साम्बुगाउ कागुने सडक छाबुक टाेल साेलिङ १ लाख ,छपाैली महिला केन्द्र भवन साैचालय निर्माण १ लाख, अन्पुर्ण प्रगति कृषि भवन साैचालय निर्माण १ लाख, कन्य देवी कृषि समुह भवन मर्मत १ लाख ,२ नं वडा कार्यलय भवन मर्मत १ लाख , सुक्रकेशर सतसंघ टाेईलेट बाथरुम निर्माण २ लाख र २ नम्बर वडाका सबै सडक सरसफाइ याेजना ६ लाख बराबरको चालू आवमा काम सम्पन्न गरेको वडा अध्यक्ष खगेन्द्र राईले जानकारी दिनु भयो ।
साथै आगामी वर्षको पनि याेजना तथा कार्यक्रम छनाैट कार्य वडाकाे विभित्र टाेलका स्थानीय संग बसेर छलफल अन्तक्रिर्या गरेर मात्र छनाैट गर्ने काम भएको वडा अध्यक्ष खगेन्द्र राईले बताउनुभयो । चालू आवकाे कार्यक्रम सम्पन्न गर्न वडाका कर्मचारी ,जनप्रतिनिधि र स्थानीय बासीकाे साथ सहयोगमा सहजरूपमा सम्पन्न गर्न सकिएको वडा अध्यक्ष राईको भनाइ छ ।