
धनकुटा असार १७ ,
सहिदभूमि गाउँपालिका वडा नं ३ बाट सञ्चालित चालू आर्थिक वर्षको सम्पूर्ण कार्यक्रम तथा आयोजना सम्पन्न भएको छ । जस अनुसार जाल्पा देवी आ. बि डेक्स बेन्च खरिद ,शुक मल आ. बि डेक्स बेन्च खरिद ,छिन्ताङ देवी प्रावि डेक्स बेन्च खरिद ,बालबालिका लक्षित कार्यक्रम ,सरस्वती मन्दिर संरक्षण (सिर्वानी) ,उद्घाेषन तथा लेखन सीप विकास तालिम ,खेलकुद कार्यक्रम ,थेराेङटाङ खानेपानी आयोजना ,चाैधरी टाेल खानेपानी टंङ्याकि निर्माण तथा मर्मत ,काेङलाङ खानेपानी आयोजना ,संकृति संरक्षण , पुर्वाधार विकास तर्फ आरिहाङ टाेल खेलमैदान निर्माण ,च्यापसुङ कुभाेङ ग्रामीण सडक निर्माण , वन तथा वातावरण , संस्थागत विकास कार्यलय व्यवस्थापन गरि जम्मा २३ लाख ७५ बराबरको याेजना तथा कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष हाेमनाथ राईले जानकारी दिनुभयाे । त्यस्तै गरि पालिका बजेट बाट सडक तर्फ साकेन्वा सिर्वानि , पंचकन्या गाैराेङटाेल सडक, देविथान दलाहाङ टाेल,पंचकन्या गाैफङटाेल, ,
भवन निर्माण तर्फ रण ध्वज पुमा स्मृति भवन ,सहिद राज बहादुर राई संकार संस्कृति भवन निर्माण गरिएको छ । खानेपानी आयाेजना तर्फ गराखाेला खानेपानी ,गुँरासे खानेपानी आयोजना सम्पन्न भएको छ । यस्तै गराखाेलामा दुख बगाउने ठाउँमा साैचालय निर्माण , जाल्पादेवी आधारभूत विद्यालयकाे पर्खाल निर्माण , जलकन्या प्राविकाे पर्खाल निर्माण र सहिद स्मारक प्रावि मर्मत गरिएको छ ।यस्तै गरि प्रधानमन्त्री स्वराेजगार कार्यक्रमबाट पंचकन्या साेनामा सडक साेलिङ्ग र साेमवारी लप्सी चाेक सिडि निर्माण गरिएको वडा अध्यक्ष हाेम नाथ राईले बताउनुभयो ।