धनकुटामा बेठी ( पञ्चे बाजा ) सहित धान रोपाँई सम्पन्न

धनकुटा असार १५,

आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएकाे छ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ । साेहि अवसरमा  धनकुटामा धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि. र कृषि पर्यटन प्रर्बद्वनमा महिला अभियान धनकुटाक‍ो संयुक्त आयोजनामा धनकुटा नगरपालिका वडा नं. ६ स्थित पात्ले खोलामा बेठी ( पञ्चे बाजा ) सहित धान रोपाई कार्यक्रम आयोजना गरिएको हाे।  प्रदेश संसद ईन्द्रमणि पराजुलीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त बेठी (पञ्चे बाजा ) सहितको धान राेपाँई प्रमुख अतिथि संसद पराजुलीले धान राेपेर उद्घाटन गर्नु भएको थियोे  । धान राेपाइ कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ , उपप्रमुख सावित्रा राई , प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पाैडेल , जिल्ला प्रहरी कार्यलयका प्रमुख श्याम सिंह चाैधरी , शस्त्र प्रहरी बल छिन्ताङ गुल्मका गुल्मपति सुदन भारती ,राष्ट्रिय अनुसन्धान विभाग प्रमुख रुद्र गुर्माचन , पुर्व धनपा उपमेयर सकुन्तला बस्नेत , पुर्व चाैबिसेगापा उपाध्यक्ष यज्ञकुमारी रुचाल तथा  सामाजिक व्यक्तित्व साथै स्थानीय बासिन्दाकाे उपस्थितिमा  थियोे ।राेपाई पछि दही चिउरा खाने कार्यक्रम पनि राखेको थियोे । कार्यक्रम धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि.तारातितुङकाे अध्यक्षतामा भएको थियोे भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका काेषाध्यक्ष विष्णु माया कन्दंवाले राख्नु भएको थियोे ।राेपाँई अबधि भर पञ्चेबाजा बजाएर बेठी लगाएको थियोे