धनकुटा असार ।
सहिदभूमि गाउँपालिका धनकुटाले ३ वटा कृषक समुहलाई आँप र लिचिकाे विरुवा वितरण गरिएको छ ।
गाउँपालिकाकाे कृषि अनुदा कार्यक्रम मार्फत कृषि विकास शाखाबाट ७५ प्रतिशत अनुदानमा आँप / लिचिको कलमी बिरुवा वितरण गरिएकाे कृषि विकास शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनुभयो । व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउने उद्देश्यले कृषि प्राविधिकको सल्लाहमा हावापानी अनुसार खेती योग्य क्षेत्रको पहिचान गरी ३ वटा कृषि समुहका किसानलाई आँप लिचीकाे ११ सय २५ विरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।विरुवा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मनाेज राई ,उपाध्यक्ष रत्नश्वरी राई ,प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की र कृषि प्रविधिक कर्मचारी लगायत कृषककाे उपस्थितिमा बिरवा किसानलाई प्रदान गरिएको थियोे । 