सहिदभूमिमा   नेपाल राष्ट्रिय शिक्षक संगठनकाे तेस्रो पालिका अधिवेशन सम्पन्न ,

धनकुटा असार ५,

धनकुटाकाे सहिदभूमि गाउँपालिकामा आज  नेपाल राष्ट्रिय शिक्षक संगठनकाे तेस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । अधिवेसनबाट अध्यक्षमा दुर्गा बहादुर खड्का निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा गंगा प्रसाद राई , महिला उपाध्यक्ष मनकुमारी राई,सचिव भुमि राज राई, सहसचिव विष्णु कुमारी राई ,काेषाध्यक्ष साेम बहादुर राई र सहकाेषाध्यक्षमाराजकुमारी लिम्बू निर्वाचित भएकाछन् । यस्तै सदस्यहरुमा भुगाेलबाट वडा नं २ तुफान राई , वडा नं ३ नारायण राई ,वडा नं ४ अर्जुन राई ,वडा नं ५ ओम कुमार राई ,वडा नं ७ बाट नवराज पाैड्याल , महिला सदस्यहरुमा सुशीला राई , देव कुमारी राई , तेजमाया मगर र निता राई रहेकाछन् । साे अवसरमा गाउँपालिका अध्यक्ष मनाेज राईले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियोे ।