सहिदभूमि गाउँपालिकाले शाेक विदा दिने ,

धनकुटा असार ३ ,

धनकुटाको सहिदभूमि गाउँपालिका धनकुटाले वडा सचिवकाे निधनप्रति मंगलबार पालिकाभर शाेक विदा दिने निर्णय गरेको छ । वडा नं ७ का वडा सचिव (सहायक पाचौं ) पदमा कार्यरत झनकलाल राईको २०८१ साल असार २ गते बेलुकी करिब ६:३० बजेकाे समयमा असमाहिक निधन भएको हुदा पालिकाकाे २०८१ साल असार ३ गते बसेकाे आकास्मिक कार्यपालिकाकाे बैठकको निर्णयबाट २०८१ साल असार ४ गते मंगलबार पालिकाभर सार्वजनिक शाेक विदा दिने निर्णय भएको सशिदभूमि गाउँपालिकाकाे अध्यक्ष मनाेज राईले जानकारी दिनु भयो ।  असार ४ गते पालिका अन्तरगत सबै वडाकार्यलयहरु , स्वास्थ संस्थाहरु,सेवा केन्द्रहरु , शैक्षिक संस्थाहरु आकस्मिक वाहेकका सेवाहरु बन्द रहने सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ । सहिदभूमि गाउँपालिका परिवार यश दुखद घडीमा स्वर्गीय श्री झनकलाल राई प्रति गहिरो समवेदना प्रकट गर्दै शाेक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त हाेस भन्ने कामना व्यक्त गर्दछौं  प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की द्वरा हस्ताक्षरित शाेक विदा सम्बन्धि सुचनामा उल्लेख गरिएको छ ।