पाख्रीबासनगरपालिका वडा नं ९ द्वरा उत्तरपानी घिसिङ टाेललाई पानी तान्ने माेटर वितरण ,

धनकुटा जेठ २७

पाख्रीबासनगरपालिका वडा नं ९ ले उत्तरपानी घिसिङ टाेललाई पानी तान्ने माेटर वितरण गरेको छ । वडाले आईतवार उत्तरपानी घिसिङ टाेलका खानेपानी उपभोक्ता समितिलाई भेटि उक्त पानी तान्ने माेटर वितरण गरेको हाे । वडाकाे आर्थिक वर्ष २०८०/०८१ काे विनियोजित बजेट मार्फत ७५ हजार बराबरको मटर खरिद गरेर प्रदान गरिएको वडा अध्यक्ष सम्झना आलेले जानकारी दिनु भयो । उत्तरपानी घिसिङ टाेलका १३ घरपरिवारलाई खानेपानी मटर बाट तानेर वितरण गर्नका लागि सहजहुने वडाले जनाएको छ । मटर वितरणका क्रममा वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले वडा सचिव अनिल तिम्सिना र घिसिङ टाेलका खानेपानी उपभाेग गर्ने उपभोक्ता सदस्यकाे उपस्थिति थियोे ।