
संखुवासभा जेठ १९ शनिबार ,
संखुवासभा जिल्लाकाे दाेस्राे माेक्तान वंशावली सम्मेलन बाट लालबहादुर तामाङ माेक्तानकाे अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा भिम बहादुर तामाङ,महासचिव अन्नत तामाङ ,सचिव सन्ताेष तामाङ ,काेषाध्यक्ष विनु कुमारी तामाङ ,सदस्यहरुमा हर्क तामाङ ,जगत बहादुर तामाङ,वीर बहादुर तामाङ ,हस्त बहादुर तामाङ ,जमुना तामाङ लगायत रहेकाछन् ।
दाेस्राे सम्मेलन निवर्तमान जिल्ला अध्यक्ष चन्द्रबहादुर माेक्तानकाे अध्यक्षता तथा माेक्तान वंशावली दाेङराव संगठनका केन्द्रीय उपाध्यक्ष संकर माेक्तानकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे । कार्यक्रममा प्रदेश अध्यक्ष रामकुमार माेक्तान, उपाध्यक्ष मालाती माेक्तान, काेषाध्यक्ष नन्दकुमार माेक्तान,सदस्यहरु विष्णु माेक्तान, सान्त माेक्तान, काैसिला माेक्तान, धनकुटा जिल्ला अध्यक्ष धनबहादुर माेक्तान , नेपाल तामाङ घेदुङ संखुवासभा जिल्ला अध्यक्ष काजी ग्यावा, चैनपुरकका वडा अध्यक्ष धनबहादुर याेञ्जन , लगायतको उपस्थिति थियोे । सम्मेलनमा सहभागीहरुले माेक्तान वंशावली खाेज अनुसन्धान कार्य सम्पन्न गर्नका लागि सबै एक जुट हुन आवाश्यकता रहेको भन्दै खाेज अनुसन्धान कार्य चाडैं टुंगोमा पुर्यान सुझाव दिएकाछन् । स्वागत मन्तव्य संखुवासभा जिल्ला माेक्तान वंशावलीका उपाध्यक्ष परलाद माेक्तानले राख्नु भएको थियोे भने सचिव धनबहादुर असाेक माेक्तानले सञ्चालन गर्नु भएको थियोे । कार्यक्रममा संखुवासभा जिल्लाकाे विभिन्न पालिकामा बसाेबास गर्ने माेक्तान बन्धुकाे उपस्थिति थियोे