धनकुटा जेठ,
धनकुटाको पाख्रीबासनगरपालिका वडा नं ९ वडा कार्यलयले कृषकलाई विभिन्न कृषि जन्य सामाग्री वितरण गरिएको छ ।
वडाले आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेट कृषक अनुदान कार्यक्रम मार्फत ८५ प्रतिशत अनुदानमा कृषकलाई ३ लाख बराबरको च्यापकटर मेसिन दुईवटा , एउटा मिनिटिलर , ६ वटा चार्जिङ हाते स्पेयर , र ५० जना किसानलाई सय / सय मिटर पाइप वितरण गरेको हाे । वडाले शुक्रबार एक कार्यक्रमका बिच वडा अध्यक्ष सम्झना आले , वडा सदस्य पहलमान घिसिङ , वडा सदस्य मदन आले , वडा सचिव अनिल तिम्सिना र नगरका जिन्सी शाखा प्रमुख किरण राइकाे उपस्थितिमा कृषकलाई सामाग्री वितरण गरेको हाे ।
वडाले निरन्तर कृषि जन्य सामाग्री किसानलाई प्रदान गर्दै आईरहेकाे वडा अध्यक्ष सम्झना आलेले बताउनुभयो । गत वर्ष वडाकाे चप्लेटि का किसानलाई कृषि जन्य सामाग्री प्रादन गरिएको जानकारी गराउदै चालू आर्थिक वर्ष उत्तरपानी गैरिगाउ लगायतका किसानलाई वितरण गरिएको बताउनुभयो । साे अवसरमा बाकी रहेको छुटेका किसानलाई आउदाे वर्ष प्रदान गरिने वडा अध्यक्ष आलेले जानकारी दिनुभयो ।