सहिदभूमि गाउपालिकामा शिक्षणसामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु ,

धनकुटा ,जेठ ।

धनकुटाकाे सहिदभूमि गाउपालिकामा शिक्षणसामाग्री निर्माण सम्बन्धि ५ दिने तालिम तथा कार्यशाला शुरु भएको छ । सहिदभूमि गाउँपालिकाकाे आयाेजनामा सञ्चालित तालिम तथा कार्यशालामा गाउँ पालिका भित्रका एक निजि विद्यालय गरि ४० वटा विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकहरूकाे सहभागीता रहेको सहिदभूमि शिक्षा युवा तथा खेलकुद शाखा प्राबिधिक साहेक बद्री कार्कीले जानकारी दिनु भयो । तालिममा सहभागीलाई डाइनामिक सपाेर्ट ट्रेनिङ सेन्टरका प्रशिक्षकहरुले शिक्षण सिकाइका लागि कक्षा सामाग्री कसरी निर्माण गर्ने,कक्षा सामाग्री प्रयाेग ,कक्षा सामाग्रीकाे आवाश्यकता महत्त्व लगायत विषयमा प्रशिक्षण दिईरहेकाे छ  । तालिम जेठ २१ गते सम्म सञ्चालन हुनेछ ।