ईटहरीमा दाेस्राे माेक्तान वंशावली भेला दाेङ्गराव तथा अधिवेशन सुरु

110

सुनसरी फागुन २५,

सुनसरी जिल्लाको ईटहरीमा दुईदिने माेक्तान वंशावली दाेङ्राव दाेस्राे प्रदेश भेला तथा अधिवेशन आज देखि सुरु भएको छ । प्रदेश अध्यक्ष संकर माेक्तानकाे अध्यक्षता तथा केन्द्रीय अध्यक्ष जीवन माेक्तानकाे प्रमुख आतिथ्यमा सञ्चालन भएको प्रदेश भेलामा काेशी प्रदेशको १४ जिल्लाका माेक्तानहरु भेलाभएकाछन् ।

भेलााकाे बन्द शत्रमा प्रगति प्रतिवेदन ,आर्थिक प्रतिवेदन ,नयाँ  कमिटी गठन र आगामी दिनमा माेक्तान वंशावली  खाेज अनुसन्धानका विषयमा निर्णय तथा याेजना बनाउनदै शनिबार भेला तथा अधिवेशन सम्पन्न हुने प्रदेश अध्यक्ष संकर माेक्तानले बताउनुभयो । भेलामा केन्द्रीय महासचिव राेज माेक्तान , केन्द्रीय सदस्य विलम माेक्तान , ताम्बासंघका केन्द्रीय अध्यक्ष  धावावाङ्गेल माेक्तान , प्रदेश सल्लाहकार राजकुमार माेक्तान, नेपाल तामाङ घेदुङकाे प्रदेश अध्यक्ष रेख बहादुर घिसिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

भेलाकाे अवसरमा समाजसेवी वुद्विजिवि मनु माेक्तानलाई सम्मान पत्र  र दाेसल्ला ओढाएर प्रमुख अतिथि जीवन माेक्तानले सम्मान गर्नुभएको थियोे । यस्तै प्रदेश फाेनिज अध्यक्ष  सन्विर लामा , राजनितीज्ञ देवेन्द्र माेक्तान र जनप्रतिनिधि बहादुर माेक्तानलाई  सम्मान पत्रले प्रमुख अतिथि ,प्रदेश अध्यक्ष लगायले  सम्मान गर्नुभएको थियोे । कार्यक्रमकाे सञ्चालन प्रदेश सचिव लक्षमण माेक्तानले गर्नु भएको थियोे ।

Previous articleजनप्रतिनिधि र प्रेस सेन्टरबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
Next articleपाख्रीबास नं ९ मा गरिबी निवारणका लागि लघुउद्यम विकाश कार्यक्रम मार्फत महिलालाई सीप सिकाउदै ,

Leave a Reply