धनकुटा
धनकुटाको हिले बजारमा आज देखी नेपालीहरुको विशेष चाड पर्वको अवसर पारेर हिले मिनी मेला शूरु भएको छ । द एलिट क्लब र हिले युवा क्लवको संयुक्त आयोजनामा मेला सञ्चालन गरिएको हो ।
मेलामा हिलेमा उत्पादित कृषी जन्य सामाग्री, हस्तकलाका सामाग्री, वालउद्यान, रोटेपिङ, राष्टिय तथा स्थानिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन आज धनकुटा नगरपालिका वडा नं १ का अध्यक्ष ओङ्दा तामाङले गर्नु भएको हो । कार्यक्रममा हिले बजार व्यवस्थापन समिती अध्यक्ष लालचन गोम्बा,वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर व्यवस्थापन समिती अध्यक्ष सिंह तितुङ, हिले प्रहरी चौकी प्रमुख राजकुमार थापा, ट्राफिक प्रहरी प्रमुख राजन तामाङ लगायतको उपस्थिती थियो ।