सिहिदभूमी गाउँपालिकामा एक दिने निःशुल्क कानुनी घुम्ती शिविर सम्पन्न ।

धनकुटा ,
धनकुटाको सहिदभूमि गाउँपालिकामा    सहिदभूमी गाउँपालिकासँगको समन्वय पर्डेप नेपाल  धनकुटाको आयोजना, नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्य एवं संयुक्त  राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा न्यायमा पहुँच अबिबृद्धि कार्यक्रम अन्तरगत एक दिने निशुल्क  कानुनी घुम्ती शिविर सम्पन्न भएको छ।

पालिकाकाे  वडा नं ३ पन्चकन्या बजार  र थलथले बजारमा घुम्ति शिविर सम्पन्न भएको हो ।

शिविरमा कानुनी अधिकार न्यायिक समिति नि शूल्क कानुनी सहायता सेवा न्यायिक समिती र जिल्ला अदालतमा पेश गर्न जिल्ला अदालत मुद्धा दर्ता तयारी सेवा घटना दर्ता सम्बन्धि विषयमा शिविरमा सहभागीहरुलाई परामर्श दिईएको थियो ।

पञ्चकञ्यामा सञ्चालित शिविरमा वडा नं १,२,३ र थलथलेमा सञ्चालित शिविरमा ४,५,६,७ नं वडाका स्थानिय नागरिहरु कानुनी शिविरमा सेवा लिन आएका थिए । शिविरमा नागरिक्ता, वहुविवाह सम्बन्धि मुद्धाहरु लगायत विभिन्न कानुनी  समस्याकाे सवालहरु बढी उठेका थिए ।

शिविरमा जिल्ला समन्वनय समितिका उपप्रमुख सावित्रा राई, सहिदभूमी गाउँपालिकाका अध्यक्ष मनोज  राई, उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत नविन कार्की, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अंकित मंग्राती, जिल्ला अदालत धनकुटाका कानुनी सहायता अधिकारी शारदा सन्तोषी राई, अधिवक्ता सुमित्रा राई, नायव सुब्वा शरण कुमार परियार, पर्डेप नेपालका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदी, परियोजना संयोजक खिन्द्र अधिकारीले परामर्श  सेवा प्रदान गर्नु भएको थियो।