प्रभात लामा रसुवा । हिमाली जिल्ला – रसुवाको उत्तरी भेगमा पर्ने आमाछोदिङमो गाउँपालिका भित्र प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल आमाछोदिङमो (पार्वती कुण्ड )मा यस वर्ष जनपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ ।

आमाछोदिङमो गाउँपालिका–३ गत्लाङमा रहेको यस कुण्डमा वर्षेनी मेला लाग्ने भएको हुँदा यसपालि मेला व्यवस्थापनको लागि वडा स्तरीयबाट राम्रो व्यवस्थापन गर्न लागेको र वृहत् मेला लाग्ने आमाछोदिङमो गाउँपालिका वडा ३ का अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो ।

यस वर्षको जनै पूर्णिमा यही २०८० भाद्र १४ गते परेको छ । यस स्थान समुद्री सतहबाट करिब २५५० मिटर उचाइमा रहेको छन् । रसुवा जिल्लाको नमुना कालो गाउँ (black villages ) उच्च स्थानमा रहेको एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा लिन सकिन्छ ।
एकादशी देखि जनै पूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला नुवाकोट ,धादिङ ,सिन्धुपाल्चोक का तिर्थालु हरु आउने गरेको छ । साथै जिल्ला भरिको लोक मौलिक गीत र तामाङ सेलो गीतको लयामा नाच्दै गाउँदै सेसे बोम्बो र मेन्दोमाया,फापरे गीत, सेलो गीत गाउने नाच्ने रमाइलो गर्ने गरिन्छ । कुण्ड दर्शन गर्नका लागि साना – ठुलो सवारी साधनले जुनसुकै समयमा यात्रा गर्दा पनि सजिलै सँग कुण्ड दर्शन गर्न पुग्ने सडक बाटो राम्रो रहेको वडा ३ का अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो ।

विशेष गरी यहाँ जाने भक्तजनहरुले खेतीपातीमा उन्नतिको होस् भन्दै आशीर्वाद माग्ने गरेका छन् । आमाछोदिङमो रहेको भगवानलाई स्थानीयबसिहरुले प्रत्येक वर्षा पूजापाठ गरेमा सुख, शान्ति र सन्तान नहुनेलाई पनि सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । गोसाईंकुण्ड दर्शन गरी सकेपछि एक चोटि आमाछोदिङमोको दर्शन गरेन भने मनको इच्छाहरू पुरा नहुने हुँदा शिव र पार्वतीको दर्शन अनिवार्य गर्नु पर्ने मान्यता छ रहेको पाइन्छ ।
पर्यटन प्रवर्द्धनका लागि अन्य कार्यक्रम पनि सञ्चालन गरिने लामा ले बताउनुभयो । आमाछोदिङमो गाउँपालिका–३ स्थानीय युवाहरूले सरसफाइ तथा मेला व्यवस्थापन गर्ने निर्णय गरिएको छ । साथै आमाछोदिङमो वरिपरि विभिन्न स्थानमा होटेल & होमस्टेहरू रहेकलेको खाना , बस्न समस्या नहुने लामाले बताउनुभयो ।