सहिदभूमि गाउपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ काे बजेट सर्वसम्मतिले पारित

363

धनकुटा ,
धनकुटाकाे सहिदभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ काे नीति तथा बजेट सर्वसम्मत रुपमा पारित गर्दै गाउँ सभा सम्पन्न गरेको छ ।

असार १० गते गाउपालिका उपाध्यक्ष रत्नश्वरी राईले आर्थिक वर्ष २०८०/०८१ को लागि ४५ करोड ६९ लाख बराबरको पेश गरेको नीति तथा बजेट माथि छलफल गर्दै केही संसाेधन सहित पारित गरेको हाे । यस्तै पालिकाले गाजा खेती अध्ययन अनुसन्धानका लागि बेजेट व्यवस्था गरेको छ । सहिदभूमि गाउँपालिका गाजा खेति अत्यधिक मात्रमा हुदै आएपनि राज्यले बधानिक रुपमा व्यवस्थापन नगरेकाले यहाँका गाजाखेति किसान कानुनी मारमा पर्दै आईरहेकाछन् । संघसरकारले आर्थिक वर्ष २०८०/८१०काे बजेटमा गाजा खेति सम्बन्धि विषयलाई पनि समावेश गरेपछि सहिदभूमि गाउँपालिकाले पनि गाजा खेति बैधानिकताका लागि प्रक्रियामा पहल गर्ने र गाजा खेति तथा गाजाकाे ओैषधिय गुण अध्ययन अनुसन्धानका लागि नीति कार्यक्रममा बजेट व्यवस्था गरेर अगाडि बढेको छ । कार्यपालिका सदस्य साेम राना मगरले गाउँ पालिकाकाे नीति तथा बजेटमा गाजा खेति सम्बन्धि विषयले प्राथमिकता पाएकोमा खुसी व्यक्तगर्दै गाउँ सभाबाट पारित गर्नका लागि पेश गर्नुभएको थियोे । यस्तै सभामा वडा सदस्य फुलकुमारी विकले महिला दिदिबहिनीका लागि बजेट व्यवस्था भएपनि उपलब्धि मुलक अहिलेसम्म नभएकाले उपलब्धि मुलक कार्यक्रमकाे व्यवस्था गर्नुपर्ने सुझाव राखेकी थिईन । यस्तै उनले दलित लागि छुट्टयाइएको बजेट पनि वृद्धि गर्नुपर्ने माग गरेकि थिईन । गाउँपालिका अध्यक्ष मनाेज राईको सभा अध्यक्ष , प्रदेश संसद निरन राईको प्रमुख आतिथ्यमा सम्पन्न गाउँसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्रदेश संसद निरन राईले राज्यले किसानको समस्या समाधानका लागि विभिन्न नीति तथा कार्यक्रम अगाडि बढाउदै अगाडि बढिरहेको बताउनुभयो । साथै उहाले सहिदभूमि गाउँपालिकामा गाजा खेति अत्यधिक हुने भएपनि राज्यले गाजा खेतिकाे विषयमा बेलैमा नसाेचिदिदा अहिलेसम्म किसान गाजा बेेचबिखन गर्ने क्रममा अनेकौं कानुनी समस्या झेलिरहेकाले याे समस्या समाधानका लागि यश विषयमा आफ्नो तर्फबाट निरन्तर पहल भईरहेकाे छ ‘ पालिकाले पनि बजेट व्यवस्था गरेर अगाडि बढेकोमा गाजा खेती गर्ने किसानलाई राहात मिल्ने बताउनुभयो । त्यस्तै गरी पालिकाले चालु तर्फ ६ करोड ५४ लाख ७७ हजार २ सय अनुमानित बजेट छुट्याएको छ ।
यस्तै शिक्षा,युवा तथा खेलकुद शाखा १ करोड ६२ लाख ५० हजार ,वडा तर्फ १ करोड ६२ लाख ५० हजार ,सडक तर्फ १ करोड ४५ लाख ,संघिय सर्शत,विशेष र समपूरक अनुदान सञ्चालित योजनाहरु २३ करोड ३७ लाख १८ हजार ,प्रदेश शर्सत र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख ८६ हजार ,ह्युमन प्राक्टिस सँगको साझेदारिमा विद्यालय पुर्वाधार निमार्णका लागि १ करोड ७९ लाख ५४ हजार ४ सय २६ रुपैया छुट्याएको छ ।
पालिकाको वित्तियसमानीकरण अनुदान ८ करोड ५४ लाख,संघ सरकारबाट राजश्व वाँडफाड ७ करोड ६३ लाख ८७ हजार २ सय , प्रदेश सरकारबाट सवारी करको वाँडफाड २५ लाख ३ हजार ,सर्शतअनुदान चालु र पुँजिगत २२ करोड १४ लाख १८ हजार , आन्तरिकराजश्व ७० लाख आम्दानी गर्ने अनुमान गरिएको छ । सभामा उपाध्यक्ष रत्नश्वरी राईले गाउँ सभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन २०७५ काे दफा ३३ बमोजिम अनुमाेदनका लागि प्रस्ताव पेश गर्नुभएको थियोे । उपाध्यक्ष राई द्वरा पेश गरेको प्रस्तावलाई सभा अध्यक्ष मनाेज राईले गाउँ सभा तथा नगर सभा सञ्चालन कार्य विधिऐन दफा ५२ बमोजिम प्रस्तावलाई अनुमाेदनका लागि हुन्छ भन्ने र हुन्न भन्ने पछमा हात उठाउन भनेपछि हुन्छ भन्ने पछमा बहुमत र हुन्न भन्ने पछमा काेहिपनि नभएकाे भन्दै निति तथा बजेट पारित भएको घाेषणा गर्नु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की ,
सभामा वडा अध्यक्षहरु, कार्यपालिका ,गाउँसभा सदस्य , विभिन्न फाटका प्रमुख कर्मचारी , लगायत पालिकामा कार्यरत सम्पूर्ण कर्मचारी सञ्चा,कर्मिकाे उपस्थिति थियोे ।

Previous articleसहिदभूमि गाउँपालिका द्ववारा ५ जना कर्मचारीलाई सम्मान ,
Next articleचलचित्र”दुवाली”को साउन ६ गते विशेष प्रदर्शन हुदै

Leave a Reply