सहिदभूमि गाउँपालिका द्ववारा ५ जना कर्मचारीलाई सम्मान ,

धनकुटा,

धनकुटाकाे सहिदभूमि गाउपालिकाले ५ जना कर्मचारीहरुलाइ सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष मनाेज राईको अध्यक्षतामा सञ्चालन भएको एक कार्यक्रमका बिच बुधबार उत्कृष्ट र सर्बोत्कृष्ट ५ जना कर्मचारीलाई सम्मान गरेको हाे । सम्मानित हुनेहरूमा सर्वोत्कृष्ट आखिसल्ला स्वास्थचाैकिका मेडिकल अधिकृत डा. प्रेम बहादुर बस्नेतलाई दाेसल्ला सम्मानपत्र र नगद १५ हजारले सम्मान गरेको हाे ।

यस्तै उत्कृष्टमा आखिसल्ला स्वास्थचाैकिका कार्यलय सहयोगी लक्षमण राई , पालिकाकाे सहायक  कम्प्युटर अपरेटर दिपक राई ,६ नम्बर वडाका वडा सचिव पदम दाहाल र कृषि शाखा प्रमुख दिनेनद्र राईलाई नगद १० हजार सहित सम्मान पत्र दाेसल्ला ओढाएर सम्मान गरेको हाे ।

गाउँपालिकाले यसवर्ष राम्रो काम गर्न सफल उनिहरुकाे कार्यसम्पादनकाे मुल्यांकनकाे आधारमा सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिनुभयो । पालिकाकाे कर्मचारी सम्मान कार्यविधिमा विभिन्न ११ वटा मापदण्ड राखिएको छ साेहि आधारमा छनाैट गरेर ५ जनालाई सम्मान गरेको प्रमुख प्रशासकीय कार्कीले बताउनुभयो ।

सम्मानित हुनेहरुलाई सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रदेश संसद निरन राई , पालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की लगायतले सम्मान गर्नुभयो । उहाँहरुले आगामी दिनमा पनि गाउँपालिकामा उत्कृष्ट काम गर्न आग्रह गर्नुभयो ।कार्यक्रमकाे सञ्चालन शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख मनाेज पाैडेलले गर्नु भएको थियोे ।