सहिदभूमि गाउपालिका धनकुटाले ९ जना दलित समुदायका छात्रछात्रालाई छात्रवृति वितरण ,

धनकुटा ,
सहिदभूमि गाउपालिका धनकुटाले ९ जना दलित समुदायका छात्रछात्रालाई छात्रवृति वितरण गरेको छ । गाँउपालिकाले बजेटको व्यवस्थाा गरेर ब्याचलचर/ ब्याचलर भन्दामाथि अध्ययनरत विद्यार्थि छनौट गरेर दलित समुदायका विद्यार्थिहरु निरन्तर अध्ययलाई अगाढि बढाउदै उच्चशिक्षा हासिल गर्नका लागि प्रेरणा मिलोस भनेर गाँउपालिकाले हरेक वर्ष छात्रवृति वितरण गर्दै आइरहेको गाँउपालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

जस अनुसार वडा नं ४ का एम.एड पढ्दै गरेका विपिन वि.क लाई ११ हजार ,सहिदभूमि वडा नं २ का बी.एड मा अध्ययनरत शुशिला वि.क ,वडा नं १ का सिमा विक ,सम्झना परियार ,डानसर विक, विनिता विक, शुस्मा मग्राती , सम्झना मग्राती , लक्ष्मी शाहशंकर बीबीएस अध्ययनरत विद्यार्थीहरुलाई ८/८ हजार गरी ७५ हजार छात्रवृति वितरण गरिएको शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख मनोज कुमार पौडेलले बताउनुभयो ।