धनकुटा, जेठ २४ | सहिदभूमि गाउँपालिका धनकुटाका अवकाश प्राप्त प्रमुख प्रशासकीय अधिकृत लाेचन प्रसाद दाहाललाई विदाई गरिएको छ । गाउँपालिकामा कार्यरत रहदा अवकास प्राप्त प्रमुख प्रशासकीय अधिकृत लाेचन प्रसाद दाहाललाई गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि विदाई गरेको हाे ।
सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत लाेचन प्रसाद दाहाललाई दाेसल्ला सम्मान पत्र मायाको चिनो प्रदान गरि माला र खादा लगाएर विदाई गर्नु भएको थियोे ।
प्रमुख प्रशासकीय अधिकृत दाहालको कार्यशैलीको प्रसंसा गर्दै पालिका अध्यक्ष मनाेज राई , उपाध्यक्ष रत्नश्वरी राई , समन्वय उपप्रमुख साबित्रा राई , प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की ,वडाअध्यक्ष हाेम बहादुर राईले कार्यक्रममा बाेल्नु हुदै जागिरे जिवनपछिको आगामी दिन सामाजिक क्षेत्रमा क्रियाशिल रहनु पर्ने भन्दै शुभकामना दिनुभएको थियोे ।
राजपत्र अनंकित तृतीय श्रेणीबाट सेवा प्रवेश गर्नु भइ राजपत्र अंकित तृतीय श्रेणीबाट सेवा निवृत्त हुनु भएका लाेचन प्रसाद दाहालले ३६ वर्ष राष्ट्रसेवक कर्मचारी भइ विभिन्न सरकारी कार्यलयमा काम गर्नु भएको थियोे । सहिदभूमि गाउँपालिकामा प्रमुख दाहाल २०७८ साल फागुन ९ गते देखि कार्यरत रहि २० ७९ साल मंसिर २ गते अवकाश प्राप्त गरेको हाे ।