काठमाडौं, २७ बैशाख । हिमाली जिल्ला डोल्पाको रमनिय स्थलहरुमा छायांकन गरिएको चलचित्र ‘टुल्की’ १२ जेठमा प्रदर्शन हुने भएको छ । सार्वजनिक पोस्टरमा मुख्य पात्र टुल्कीलाई स्थान दिइएको छ।
निर्माता शेखर लामाका अनुसार हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ डोल्पामा छायांकन गरिएको हो । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई देव थापाले निर्देशन गरेका छन् । चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । स्क्रिन प्ले शेखर लामाको छ ।