काठमाडौँ १२ वैशाख | ने.क.पा (क्रान्तिकारी माओवादी ) निकट अखिल(क्रान्तिकारी) किरण अधिकार थारुकाे स्मारिका प्रकासन गर्ने भएको छ । केन्द्रिय समितिले अखिल(क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष किरण अधिकार थारुकाे असामयिक निधन भएकाे हुदा स्मृतिकाे स्मारिका प्रकासनकाे अन्तिम तयारीमा गरेको हो ।

किरणकाे असामयिक निधनले विधार्थी आन्दोलनमा क्षति पुग्न गएकाे छ । मृत्यु साश्वत सत्य छ , हामीले स्विकारनै पर्दछ । हाम्राे संगठनका इमानदार, लगनशिल छबिका नेता तथा केन्द्रिय उपाध्यक्ष किरण अधिकारी थारुकाे असामयिक निधनले हाम्राे गाैरवशाली संगठन अखिल (क्रान्तिकारी) स्तब्ध अनि मर्माहित भएकाे छ । विधार्थी उर्जावान नेता कमरेड किरणकाे पार्टी/ संगठन प्रतिकाे दृढ,इमानदारिता र विश्वासकाे लगाव अतुलनीय थियाे । विभिन्न व्यक्तिकेन्द्रित अवसर, स्वार्थ, अास्वासनमा कहिल्यै नलाग्ने नेता थिए । उहाँकाे भाैतिक शरीर हाम्राे माझमा नभए पनि उहाँले लिनु भएकाे विचार ,अास्था भने हाम्राे बिच रहिरहने छ । अान्दाेलन, संधर्ष र संगठन प्रतिकाे इमानदारीताकाे लगाव भएका उनीबाट यहि गुण सम्पुर्ण नेता देखि कार्यकर्ताले अाफ्नाे जीवनमा अनुकरण गर्दै अाफ्नाे जीवनमा उत्रार्नु सक्नु पर्दछ , केन्द्रीय अध्यक्ष हरि कृष्ण गजुरेल ले बताउनु भयो ।




