शिक्षा र समाजकाे वर्तमान अवस्था

शिक्षा विश्व समाज परिवर्तनकाे प्रमुख कारक तत्व मानिन्छ। महान भन्दा महान परिवर्तनकाे लागि देशले शिक्षा नीतिमा परिवर्तन ल्याउन सक्नु पर्छ। आज शिक्षा र स्वास्थ्यमा माफियाहरुकाे बलियाे समयन्त्रकाे चंगुलले लुट फिँजाएर अराजकत मच्चाउँदा राज्य टुलुटुलु हेर्दै बसेकाे छ। राज्यले जनतालाइ शिक्षा र स्वास्थ मौलिक अधिकार अन्तर्गत नि:शुल्क शिक्षा र स्वास्थकाे नारा दिएर संबिधानमा उल्लेख गरेपनि शिक्षा गरिव निमुखा जनताकाे पहुच बाहिर छ । आज शिक्षालाई गुणस्तरको नाममा अविभावकहरुबाट महंगाे शुल्क असुल गर्ने बलियाे माध्यम निर्माण भएकाे छ।

हुदा खाने (गरि खाने )जनताका छोराछाेरीहरुले अलिसान भवनमा अध्यान गर्ने कुरा त छाडौ तिनका लागि त्याे स्कुल कलेजका ढोकामा प्रवेश समेत राेकिन्छ । सक्नेले पढाउने हाे भन्ने तर्क अगि सार्दै गर्दा शिक्षाले दुइ खाले जनशक्ति उत्पादन गर्ने कुरा पक्का छ । जस्ताे विउ राेपियाे उस्तै उत्पादन हुने हाेला नि हैनर ? शैक्षिक र स्वास्थ माफियाहरू आज साम्सद बन्ने दाउ चलाउदै अर्थतन्त्रमा कब्जा जमाउदै राजनीतिकाे यात्रा तयका साथ फडकाे हाल्दै छन । जनक शिक्षा केन्द्र ९० लाख विधार्थीहरुका लागि पुस्तक छाप्न कागज छैन भनि रहदा पार्टिका मतपत्रहरु छाप्न नेपाली सेनालाइ तैनथ राखेर छाप्न अग्रसरता देखाएकाे बारे तपाइ हामी अवगत नै छौं । आज देशलाइ समृद्ध बनाउछु भन्दै हिँडने ठेकेदारहरु देशलाइ आर्थिक मन्दिमा धकेल्न ,गरिब जनताले रगत पसिना नभनि देश विकासका लागि तिरेका करहरुमा कसले राइदाइ गरेका भन्ने कुरामा सबै नेपाली जनताहरुले सुस्पष्ट भाषा शैलीमा बुझनु भएकाे छ।

आज याे व्यवस्था भ्रस्ट ,जालि, घुसखाेरि,तस्कर,माफियाहरुकाे सेटिङमा चल्ने, वैदेशिक गाेटीहरुबाट परनिर्भर र परजीविहरु जाे आफ्नो बलबुताबाट चल्न सक्दैन, परअास्रित हाम्रा देशका शासकहरुले देशलाइ मक्काइ सके, आज साधन स्राेतकाे दाेहन गरि देशलाइ दुर्घटनाको बाटो तिर धकेल्ने कालिदास शासकहरु बाट कसरी देशका सन्ततिहरुले विकास निर्माण सक्रियता पूर्वक डोर्याउनु भन्दा वैदेशिक मुलुकमा अाफ्ना युवा जनशक्ति लखेटेर रेमिटेन्सले देश चलाउने यात्रा तय गरेकाे देखिन्छ। देश विकासका लागि बलियाे भिजन एवम खाकाकाे अावश्यक पर्दछ । नेपालले जल,जमिन,जंगल,जडिबुटी र जनशक्तिलाइ उचित तवरबाट याेजनाकाे खाका न तयार गर्याे, न परिचाल नै ! विदेशी शक्तिलाइ देवत्वकरण गर्दै शासकहरु कसरी शक्तिमा रहि रहने भन्ने कुरामा मात्र तल्लिन बनेकाे देखियाे ।

अाज विकास निर्माणकाे अाधारहरु तयार गर्दै समग्र विकास नीतिमा ध्यान दिदै विकासका कार्यहरुमा जनताहरुकाे प्रत्यक सहभागितामा अभिवृद्धि गराउनु टडकाराे अावस्यकता बन्न पुगेकाे छ । मुख्यतः हाम्राे शिक्षा निति यहाकाे रहन सहन, माटाे संग,उत्पादन,विकास,प्रविधि र समय सापेक्ष हुनु पर्दछ। अनि मात्र देश विकासकाे वलियाे संबाहकहरु तयार गर्दै विश्वमा एउटा वलियाे उदाहरणकाे छाप छोडन सक्दछ । अाज शिक्षामा माफियाहरूकाे चंगुलकाे कारणले शिक्षालाइ नीजिकरण, व्यापारिकरण गर्दै लुटि खाने भाडोकाे रुपमा तयार हुदै छ । शिक्षामा विभेद सृजना गरिदै छ यसलाइ खपत गरि साेचमा दरिद्रता मात्र लुट सिवाय केहि छैन। समयकाे उपज स्वरुप अाफ्नै पार्टी सिद्धान्त र विचारलाइ विश्वास गर्न नसक्नेहरु गठबन्धनकाे नाममा ठगवन्धन निर्माण गरि सत्तामा राइदाइ गर्दै छन। अाज रुप तथा संख्यामा बलियाे देखिन चाहने दक्षिण पन्थी संशाेधनवाद नव प्रतिक्रियावादी, माक्सवादी पाेशाक र अाभूषणमा सजिएर दुनियालाइ यतिबेला याे अाडमबरले दिग्भ्रमित पार्ने काेशिष रचेका छन् ।

शक्ति र पदमा पुग्नकै लागि कराेडकाे माेल मलाइ गर्दै पार्टी नेतालाइ सेटिङ्गमै ब्रिफकेस बुझाएर सत्तामा पुग्ने भर्याङ निर्माण गर्दै भष्ट्राचार गरि जनताकाे अाखामा छारो हाल्ने काम अाखिर कहिले सम्म हुने हाे ? यस्ता भष्ट्राचारीहरुकाे सम्पति छानबिन गर्नुपर्दछ । यी सबै गतिबिधिका कारण नेपाली जनता आजित भै सकेका छन । जनताले अब कसैलाई छाड्ने वाला छैन,जनता को नयाँ जनवादी राज्यव्यवस्था स्थापना अपरिहार्य बन्न पुगेकाे छ। मालेमाबादकाे रक्षा, प्रयोग र विकासको कुरा दुनियाँलाइ विकासकाे गतिमा अगि बडाउन रिफरेन्सकाे रुपमा प्रयाेग गर्नु पर्दछ। हरेक कालखण्डमा निमुखा जनताले भिषण लडाइ लडदै परिवर्तन ल्याएका हुन। यहा मुलुक लाइ सम्वृद्धकाे बाटोमा मार्ग निर्देशन गर्न सबै जातजाति,महिला,उतपिड्डीत जनसमुदायलाइ जागरुक बनाउदै विकास र सम्वृदिकाे बाटोमा हिडाउनु पर्छ। अाज लुटेराहरु एक जुट बन्दै छन नेपाली जनताकाे धैर्यताकाे बाઁध फुट्ने वाला छ अब जनता द्वारा विद्राेह अपरिहार्य बन्न पुगेकाे छ।

जनताकाे अान्दाेलनकाे अाधिबेरिले दलाल शासकहरु तहस नहस बन्ने वाला छन् । हामी जनताकाे साथमा छाैं। जनताकाे अधिकारकाे लागि याे व्यवस्था बदल्नु जनताकाे प्रमुख दायित्व हाे । अव जनता जागि सके दलाल , लुटेरा सरकारबाट जनता पुरानाे व्यवस्था लाइ टेकेर बम्हलुट लाइ विशेष प्रथमिकतामा राख्ने बाट् अव काेहि भ्रमित बन्न हुदैन आब छिटै जनताहरु जाग्नु पर्छ अाउदाे पुस्ताकाे भविष्य निर्माण गर्ने मार्गमा नेपाली जनता छन्। भिजन नभएका दलाल संसदिय याे वर्तमान व्यवस्थालाइ खारेज गर्नकाे लागि संधर्ष एवम अान्दाेलहरु सशक्त बनाउनुकाे विकल्प नरहेकाे कुरा इतिहासका हरेक कालखण्ड हरुमा दलाल शासकहरु निकम्मन भएकाले गरिब वस्तिहरुमना अाज जनता गास,वास, कपासका लागि छटपटाइ रहेका छन् ।

सहिद,वेपत्ता याेद्धाहरुमाथि कुठाराघात भएकाे छ । मुलुकलाइ सुन्दर बनाउन हामी गम्भीरताका साथ लाग्नुपर्द छ। जनयुद्धका नायक स्वयं प्रतिकृयावादी आन्दोलनको नायक बन्न पुगे जनयुद्ध लाई घात भएकाे छ । केहि सिमित नेताहरु मन्त्री बने १७ हजार नेपालीले परिवर्तनकाे लागि दिएका बलिदान,त्याग काे अर्थ सिद्ध हुन सकेकाे छैन मुलुक आज निर्वाचन पछि छ महिना पार गर्दै गर्दा देश आर्थिक संकटमा फसिसकेकाे छ । जनताकाे बलियाे फौज, निर्माण गर्ने र भिषण जनसंधर्ष गर्दै जनताकाे अधिकार स्थापित गर्न अब सबै नेपाली एक जुट बन्नुकाे विकल्प छैन।