सुदूरपश्चिम प्रदेशसभाका सदस्यको शपथग्रहण आज

काठमाडौं,१५ पुस । सुदूरपश्चिमका प्रदेशसभा सदस्यले आज शपथग्रहण लिदैछन् । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।