दोलखामा मत गणना गर्न माग गर्दै तरूण दल र वाइसिएलको मसाल जुलुस

452

दोलखा,७ कार्तिक । दोलखामा मत गणना गर्न माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल र माओवादीको भ्रातृ संस्था वाइसिएलले दोलखामा आज अपरान्ह मसाल जुलुस र नारावाजी गरेका हुन्।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भए पनि दोलखामा मतगणना भएको छैन। मतपेटिका चरिकोट ल्याएर राखिएको छ। नेकपा एमालेले दोलखाका ५ ठाउँमा बुथ कब्जा भएकोले पुन:निर्वाचन गराउन माग गरेको थियो। मतगणना नहुँदा दिनदिनै दोलखामा नाराबाजी हुँदै आएको छ।

Leave a Reply