अखिल क्रान्तिकारीहरु द्वारा निर्वाचन बहिष्कार विरोध जुलुस र कोण सभा सम्पन्न

375

काठमान्डौ,२७ कार्तिक । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल(क्रान्तिकारी)द्वारा काठमाडौँ विरोध जुलुसका साथ कोण सभा सम्पन्न गरेको छ । उक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) ले काठमाडौमा विभिन्न चोकमा विरोध जुलुस र नाराका साथ कोण सभामा सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले वर्तमान प्रदेश र प्रतिनिधिसभाको आसन्न मंसिर ४ को निर्वाचनले देश र जनतालाइ केहि हल नदिने भएको हुदाँ सम्पुर्ण विधार्थी,महिला,किसान,युवा साथै सम्पुर्ण आम जनसमुदायहरुमा निर्वाचन बहिष्कार तथा अभज्ञा गर्न अपिल गर्नु भएको थियो ।

उहाँले थप जोडदिंदै भन्नु भयो—“यो व्यवस्थामा हुने चुनावले मुलुकलाइ निकास,विकास होइन कि यसले थप संकटको भूमरीमा फसाउनेको साथै महंगी भष्ट्राचार बढउने र एक पछि अर्को राष्ट्रघात र जनघातका श्रृखलाहरु थपिदै जाने छ ।” यस्तै गरि अखिल(क्रान्तिकारी) का सचिव नवराज भट्टले संसदिय व्यवस्थाको विकल्पको निम्ति विधार्थीहरु सडकमा उत्रिनुपर्ने बताउनु भएको थियो ।

उक्त कार्यक्रमको संचालन केन्दीय कोषाध्यक्ष दिपक विष्टले गर्नु भएको थियो भने उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, सचिव राम तिरुवा लगायत केन्द्रीय नेताहरुको समेत उपस्थित रहेको थियो । उक्त विरोध जुलुस काठमाडांैको शुन्धारा,खिचापोखरी,विशालबजार हुदै इन्द्रचोकमा आएर सभामा परिणत भएको थियो ।

यसैबीच वर्दीयामा बहिष्कार अभियानका विद्यार्थी तथा पार्टी नेताहरुको प्रहरी प्रशासनव्दारा गरिएको गिरफतारी विरुद्ध अखिलले निम्न प्रेस बक्तव्य प्रकाशित गरेको छ |

Previous articleस्वयम्भूको जंगलमा बालिका बलात्कृत
Next articleबाम-लोकतान्त्रिक गठबन्धन सैलुङ-काठमाडौ सम्पर्क समन्वय समिति द्वारा काठमाडौंमा चियापान कार्यक्रम सम्पन्न

Leave a Reply