
काठमाडौँ,४ कार्तिक । तामाङ भाषाको मौलिक शब्दले भरिएको तामाङ फापा ह्वाई अर्थात तामाङ जुहारि गित रिलिज भएको छ । सुरुवात देखि नै तामाङ डजाङको अध्यक्ष तथा गायक फुलकुमार बोम्जन संग साथमा गाउदै आउनु भएको यस गीतलाई यसपाली पनि गायक बोम्जनले नै साथ दिनु भएको छ ।
तामाङ मौलिक शब्दले भरीएको र छुट्टै स्वर की धनि गायिका मोक्तानले हरेक वर्षा झै यो वर्षा पनि आफ्नो प्रस्तुति स्रोत र दर्शकहरुको माझ सर्बजनिक गराएकी हुन् । माया पिरति र थट्यौलि गित सुनेर, हेरेर भरपुर मनोरञ्जन लिन सकिन्छ । Ranjana Moktan अफिसियल युट्युब च्यानल बाट सार्बजनिक भएको गितको काठमाडौ सोयम्भु आसपास छ्याङ्कन भएको हो ।
ङ्हेमा थाङपालको मौलिक शब्दमा गायक तथा संगीतकार फुलकुमार बोम्जनले संगीत तथा स्वर दिएका हुन भने यस गितलाई टिका बोम्जनले एरेन्जर गरेका हुन । भिडियोमा स्वयम गायक गायिकाको साथमा डोल्मो दोङ तामङ ,अजय गोले ,जंग बाहदुर घिसिङ,दामोदर घिसिङ,नरकुमार बम्जोम, धन कुमारी घिसिङ, सुनिता मोक्तान,कुमारी थिङ ,राज दोङ (मडण्ने च्याङबा),संगीत थिङ , सलोनी ग्लानको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
वास्ना दोङको शृङ्गार रहेको भिडियोलाई प्राविधिकमा शुवाङ मोक्तान, मनिक गोले र मिम लामाले साथ दिएका छन भने निर्देशन छायांकन तथा भिडियो सम्पादन सुमन मोक्तान र पारस थापा क्षेत्रीले गरेका हुन् ।
भिडियो :-