“सायरा” संग आर्यनको कमब्याक

378

काठमाडौं २३ साउन । “सायरा” फिल्म संगै आर्यन सिग्देल फेरी नेपाली चलचित्र क्षेत्रमा कमब्यक हुने भएको छ | अभिनेता आर्यन सिग्देल नयाँ फिल्म सायराको लागि अनुबन्धित भएका छन् । डीबीआर मिडिया एण्ड मुभिजले निर्माण गर्न लागेको ‘सायरा’मा उनी जोडिएका हुन् ।

रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सामाजिक र प्रेम सम्बन्धको कथावस्तुमा निर्माण हुने जनाइएको छ । फिल्ममा लिखित सहमतिपछि कुरा गर्दै सिग्देलले कथावस्तुका कारण आफू आकर्षित भएको बताए । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । ‘फिल्ममा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने ।

फिल्मकाा अन्य कलाकारबारे खुलाइएको छैन । भारतीय निर्देशक रहने फिल्मको कथा रघुले नै लेखेका हुन् । कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन हुने जनाइएको छ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा फिल्मको छायांकन गरिने रघुले बताए । प्रायः लभस्टोरी फिल्ममा काम गर्ने आर्यनले यसअघि ‘कायरा’मा पनि काम गरेका थिए ।

Leave a Reply