काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको आज बालुवाटारमा बसेको बैठकमाबाट आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको हो ।
आज बालुवाटारमा बसेको बैठकमा शीर्ष नेताहरुबीच मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सहमति भएको हो । अब भोलि बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ । निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएको छ ।