काठमाडौ,१८ श्रवान/ तामाङ्ग भाषामा आधारित काख्रे अर्थात ( गंगटो) कथानक चलचित्र कतारमा सफलतापुर्बक प्रदर्शन भएको छ | यो चलचित्र कतारमा बसोबास गरिरहने हर नेपालि तामाङ्ग दर्शकहरुले रुचाएको निर्देशक टोलीको दाबि रहेको छ |
नेपालमा यो काख्रे गत महिना असार १८ मा प्रदर्शन भएको थियो केहि प्रबिधिक समस्याले गर्दा निर्माण टोलीले धेरै दर्शकहरु लगायत चलचित्र प्रेमीहरुको असुन्तुस्टि खेप्नु परेको थियो | लगतै केहि मिडियाहरुको सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रियाको सामना पनि गर्नु पर्ने भएको थियो | तर निर्माण टोलीले उक्त चलचित्र कतारको दोहा शहर सालिमार इस्तानबुल रेस्टुरेन्ट नज्मामा २९ तारिक शुक्रबारको दिन प्रदर्शन गरियो | दोहा स्थित सफलतापुर्बक प्रदर्शन गर्यो |
कतारबासी चलचित्र प्रेमीहरुले धेरैले यो चलचित्रलाई रुचाए त्यसै क्रममा प्ररतिक्रिया दिदै कतारमा रहनु हुने Aashish Moktan Tamang (मोलम मोक्तान) लेख्नुहुन्छ “काख्रे” तामाङ कथानक चलचित्र हैनन।चलचित्र हेरिसके पछि काख्रे तामाङ भाषाको चलचित्र रहेछ भन्ने बुझियो। जस्तै तामाङ कथानक चलचित्रले तामाङ जातिको भाषा धर्म संस्कार र संस्कृति बोकेको हुन्छ भने तामाङ भाषाको चलचित्रले कुनैपनि अलगै कथा बोकेको हुन्छ।काख्रे चलचित्रले अहिलेका आधुनिक युगमा युवा पुस्ताहरु कुन बाटोमा जाँदै छन भन्ने सन्देश दिइएको छ।यस्तै विभिन्न बिधामा चलचित्र बन्न पर्छ भन्ने मेरो भनाइ रहेको छ।
युग बदलेको छ हामी तामाङ जाती संधै अरुको दमनमा, गरिबी, अनपढ एउटै कथाबस्तुलाई चलचित्रमा दोहर्याइ रहँदा दर्शकलाई पाच्य हुन्न तसर्थ काख्रेले केही नयाँपन दिन खोजेको देखिन्छ।
राष्ट्रिय नाचघरमा च्यारिटो शो को क्रममा काख्रेको दोश्रो भागमा प्राविधिक समस्याको कारण विवादमा आएता पनि कतारमा प्रदर्शन गर्ने क्रममा निर्माण टोलिले सुधार गरेको कारण कुनै त्रुटि देखिदैन।
अभिनयको कुरा गर्ने हो भने कलाकार ऋतुराज पाख्रीन, सुनिता लुङबा,
कुइसाङ रुम्बा र शिंग बहादुर तामाङ तामाङ चलचित्रको राजा नै रहेछ भन्ने बुझे।अभिनयमा कुनै खोट लाउने ठाउँ देखिन्न।
काख्रे सायद आधुनिक जमानाको चलचित्र भएर होला कति ठाउँमा नेपाली भाषा प्रयोग गरिएको पाइयो।चलचित्र लेखकले यसो नगरिदिनु भए हुन्थ्यो लाग्यो।फेरि दर्जनौ चलचित्र मध्ये शेर्कु जस्ता पुरै तामाङ भाषा मात्र समेटिएर कथा तयार पार्नुहुने लेखकले पक्कै पनि केही सोचेर नै कथा लेख्नु भएको होला भन्ने महसुस गरे।
समग्रमा भन्न पर्दा चलचित्र एकदम राम्रो बनेको छ।
काख्रे टिमलाई धेरै धेरै
बधाई
तथा शुभकामना
कतारमा भव्यका साथ् प्रदर्शन पछी यो चलचित्र मलेशिया स्थित सेप्टेम्बर ११ मा प्रदर्शन हुने भएको छ, त्यसपछि मलेशियामा रहनुहुने चलचित्र दर्शकहरुको प्रतिक्रिया आउँन भने बाकि नै छ |
ऋतुराज पाख्रिनको कथा लेखन,रामसि तामाङको निर्माण,प्रकाश तामाङको छायांकन,अजय स्याङतानको नृत्य निर्देशन,रोशन फ्युवाको सम्पादन,राजु किरातको द्वन्द्व निर्देशन रहेको यस चलचित्रमा सह निर्माताको रूपमा शेखर थापा , शंकर पुडासैनी र सरिता तामाङ रहेका छन्।
उक्त चलचित्रमा समाबेश गितमा साङगे ब्लोन र रिन्जिन लामाको शब्द,बिशाल काल्तान र रिन्जिन लामाको संगित र शशिकला मोक्तान,उत्तर लामा र प्रयास दोङको स्वर रहेको छ।