काठमाडौँ, १३ साउन |६ राजनीतिक दल द्वारा संयुक्त रुपमा विरोध कार्यक्रमको घोसणा गरेको छ | नेकपा (क्रान्तिकारी माओवादी ),नेकपा (बहुमत ),नेकपा (मसाल ),नेपाल कम्युनिस्ट पार्टी , माओवादी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा ले संयुक्त रुपमा नागरिक विधेयक , एम सिसि र एस पीपी , असंलग्न पररास्ट्र नीति बिपरित नेपाली सेनाको भूमिका र भ्रस्ट्राचार, महंगी र मल अभावको विरुद्ध विरोध कार्यक्रमको घोसणा गरेको हो |साथै नागरिक विधेयक विरुद्ध राष्ट्रपति लाई ज्ञापन पत्र बुझाउने र अमेरिकी उपविदेश मन्त्रि डोनाल्ड लुको विरुद्ध विरोध कार्यक्रम घोसणा गरेका छन |
साउन २० मा अन्तरक्रिया कार्यक्रम काठमाडौँ मा गर्ने र २६ गते देखि इटहरी, जनकपुर , हेटौडा,चितवन , पोखरा ,बूटवल , धनगडी, सिमरा , नेपालगंज मा विरोध कार्यकम गर्ने नेकपा (कान्तिकारी माओवादी )का केन्दीय सदस्य हरि कृष्ण गजुरेल ले जानकारी दिनु भयो |
बैठकमा नेकपा(क्रान्तिकारी माओवादी )को तर्फ बाट राम सिहं श्रीस र चन्द्र हरि सुबेदी,नेकपा (बहुमत ) बाट गुणराज लोहनी र कृष्ण धमला ,नेकपा मसाल बाट सन्त बहादुर नेपाली र चिन्तामणि पौडेल ,नेपाल कम्युनिस्ट पार्टीका लोक नारायण सुवेदी ,माओवादी कम्युनिस्ट पार्टी नेपालका पासाङ मोक्तान र नारायण धिमाल ,संयुक्त क्रान्तिकारी मोर्चा को तर्फ बाट माधव दाहालको उपस्थिति रहेको थियो |