
चीनको वुहानमा कोरोना भाइरसको संक्रमण भए लगत्तै फेरी लकडाउन गरिएको छ ।
चीनको वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आ-आफ्नो घर वा कम्पाउन्डमा बस्न चीन सरकारले त्यहाको नागरिकलाई आदेश दिइएको छ । चीनले अहिले सम्म कोभिडमा ‘शून्य’ नीति लागू गर्दै आएको छ ।
चिन सरकारले ङ्क्रमण देखिएका ठाउँमा कडा नियम लागू गरिएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेशन तथा नियमको पालना र लकडाउन समावेश छन् । लगातार जसो भइरहने प्रतिबन्धका कारण जनजीवन प्रभावित बन्दै आएको छ । वुहानको जनसङ्ख्या १ करोड २० लाख छ ।
सन् २०१९ डिसेम्बरमा वुहानमा कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेका थिए । अहिले विश्वभर झन्डै ५८ करोड नागरिक सङ्क्रमित भएका छन् । तीमध्ये ५४ करोड ८६ लाख निको भएका छन् । ६४ लाख १० हजारभन्दा धेरै मानिसले सङ्क्रमणका कारण ज्यान गुमाउनु परेको छ ।