
काठमाडौं ११ साउन । गीतकार देवी पराजुलीको तीज गीत ‘लगनको सारी’को म्युजिक भिडियो गरिएको छ। गीतकार देवी पराजुलीले शब्द रचना रहेको उक्त गीतमा गायिका विन्दू परियारको एकल आवाज रहेको छ ।
सुदीप सागरले संगीत संयोजन गरेको गीतको भिडियो ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको छ । गोविन्द अञ्जान र दिपेन्द्र प्रकाश केसीले निर्देशन गरेको उक्त भिडियोमा महेश महराको छायांकन रहेको छ भने दिपक विष्टको सम्पादन तथा दिपेश विष्टको कोरियोग्राफी रहेको छ ।
भिडियोमा दिब्यानी ओलीको नृत्य देख्न सकिन्छ भने मौलिक तीजको माहोल लाई विशेष प्राथमिकता दिएर गीतमा मौलिक शब्द समावेश गरिएको संगीतकार ज्योतिप्रकाशले बताए ।