११ साउन, काठमाडौं /झापाको क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् ।
बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने छन |
अध्यक्ष ओलीसँग भेटघाट गर्ने कार्यकर्ताहरुको नामावली संकलन गरिसकिएको छ । ‘अध्यक्षसँग भेटघाट गर्न चाहने जनवर्गीय संगठन, स्थानीय अगुवा कार्यकर्ता र मतदाताहरुको नामावली संकलन गरेर सामूहिक रुपमा कम्तिमा एक घण्टा भेट्न पाउने गरी सेड्युल तयार पारिसकिएको छ यसपालि प्रशिक्षणभन्दा पनि दोहोरो कुराकानी र अन्तरक्रिया हुने भएकाले सबैले आ-आफ्ना कुरा खुलस्त राख्न पाउनुहुनेछ ।’
एमाले अध्यक्ष ओली बुधबार बिर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन् |