
काठमाडौं, ६ साउन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले आफूहरु वास्तविक नेपालीहरुले नागरिकता पाउने कुरामा आफूहरुको विरोध नभएको बताएकी छिन् । तर भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरि त्यस्तरी नागरिकता वितरण गर्न नहुने बताईन् । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकीह हुन् ।
उनले भनिन्,‘हामी वास्तविक नेपालीहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा छौं । तर इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी त्यस्तरी नागरिकता वितरण गर्न भएन ।’ सांसद पौडेलले नेपालीसँग बिहे गर्ने विदेशी महिलाको हकमा ७ वर्षको प्रावधान राखिनैपर्ने अडान लिईन् ।