
काठमाडौँ, २ साउन | श्रीलंकामा जस्तै जनआन्दोलनको आँधीवेहेरी नेपालमा पनि चाडै आउने नेकपा माओवादी (क्रान्तिकारी )का स्थाइ समिती सदस्य सि पि गजुरेलले बताउनु भयो | पटन क्यापस मा आयोजित फुटसल प्रतियोगितामा बिजेता खेलाडी हरुलाई पुरुस्कार तथा प्रमाण पत्र वितरण गर्ने कार्यक्रममा सो कुरा बताउनु भएको हो |
शिक्षाको विकृती हटाउन निरन्तर आन्दोलनको कार्यक्रम अखिल क्रान्तिकारी संगठनले गरिरहेकोमा प्रशंसा गर्दै अखिल क्रान्तिकारीको विद्यार्थीहरु खेलकुद क्षेत्रमा मात्र नभै जुनसुकै आन्दोलनमा सहभागी भएको र अहिले सम्म अग्रानी भुमिका खेलिरहेको बताउनु भयो । राजनीतिक दलहरु दलाल, नोकरशाही, पुजीवादको कारण बिश्वास हराउँदै गएको बताउनु भयो |
कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले बिजय खेलाडीहरुलाइ बधाई तथा धन्यवाद दिनुको साथै विद्यार्थीहरुले खेल मध्यमबाट अब्बल प्रतिभा देखाउने र विद्यार्थीले नै समाज परिवर्तन गर्ने नेतृत्वकारी भुमिकामा रहि श्रीलंका जस्तो देश बनाउन खोज्ने शासकहरुको विरुद्ध अब विद्यार्थी अघि बड्ने बताए। कार्यक्रममा नेपाल रास्ट्रीय प्राध्यापक संघको अध्यक्ष जगदिस चन्द्र भण्डारी,अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष शिलु न्यौपाने लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को पाटन संयुक्त क्याम्पस इकाई समिती द्वारा फुटसल कप प्रतियोगिता”स्वस्थको लागि खेलकुद राष्ट्रको लागि मज्बुद” भन्ने नारा सहिद २८ गते देखि बङ्लामुखी फुट्सल खेलमैदानमा सुरु भएको थियो । फुटसल कप प्रतियोगितामा १२ टिम सहभागिता रहेको थियो । फुटसल कप प्रतियोगितामा प्रथम हुने अखिल क्रान्तिकारीले नगद रु १० हजार सहिद प्रमाणपत्र बिजेता भएको थियो भने एन वाइ सिले नगद रु ५ हजार र प्रमाणपत्र सहिद दोस्रो स्थान हात पारेको थियो।