धनकुटा
धनकुटा नगरपालिका वडा नं ८ स्थित श्री देउराली माध्यमिक विद्यालयका छात्राहरुमाथि शिक्षकबाट यौन दुव्र्यवहार भएको विषयमा राष्ट्रिय युवा संघ नेपाल धनकुटाले घटनाको सहि सत्य तथ्य छानबिन गरेर कडा भन्दा कडा कार्वाहीको माग गरेको छ । उसले एक विज्ञप्ति जारी गर्दै सो घटनाको भत्सना गरेको हो ।
अध्यक्ष प्रविन पोख्रेल द्धारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न सामाजिक सञ्जाल अनलाइन मिडिया र विज्ञप्ति बाट वास्तविक यथार्थ घटनाक्रमलाई तोडमोड गरी राजनैतिक रंग दिई झुट र भ्रमको खेती गर्दै राष्ट्रिय युवा संघ नेपाल जिलला कमिटी धनकुटाका उपाध्यक्षको नाम जोडि भ्रमित समचार संप्रेषन गरि जनमानसमा अफवाह फैलाई चरित्र हत्या गर्ने दुसप्रयास गरिएको भन्दै गम्भिर ध्याना आकर्षण भएको भनिएको छ ।
