स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा मेरो कुनै संलग्नता छैन- पुर्व प्रधानमन्त्री केपी ओली

काठमाडौँ,२० असार | नेकपा एमालेले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन । नेपाली सेनाले प्रचलन भनेको छ । यस्ता पनि प्रचलन हुन्छ र ? प्रचलन नै हो भने प्रधानमन्त्री र रक्षामन्त्रीलाई बनाउने हुन्छ र ?’

तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीका रुपमा एसपीपीका सम्बन्धमा गरेको गरेको निर्णय वा निर्देशन प्रमाण संसदमा पेस गर्न उनले चुनौती दिए । एसपीपीबारे अहिले लिक भएको मस्यौदा धेरै गम्भीर भएको बताए ।