
काठमाडौँ,२० असार | नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’
आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले इनफ इज इनफ भनेका छन् ।