काख्रेको जस्तै व्यवस्था अरु तामाङ चलचित्र निर्माता टिमले नदोहोर्याउन

काख्रे तामाङ भाषाको फरक धार बोकेको चलचित्र भन्दै नायक तथा कथाकार रितुराज पाख्रिन ले विभिन्न अन्तरवार्ता तथा सामाजिक संजालमा भन्दै आउनु भएको थियो । अन्तर वार्ता लिने मध्ये म पनि एक हुँ । मैले अन्तरवार्ता लिने क्रममा पनि उहाँले त्यही कुरा भन्नु भयो । लामो समय अन्तराल  पछि आएको आफ्नो भाषा को चलचित्र भएकोले पनि म पनि उक्त चलचित्र  हेर्न अलि उत्साहित नै थिए । असार १८ गते है भन्दै नायक तथा कथाकार रितुराज पाख्रिनले दिन दिनै फेसबुकमा सम्झाइ रहनु भएको थियो ।

सम्मान पत्र लिन आउने कलाकारलाई कुर्दै विशेस अथिति

म पनि त्यही दिन गन्दै बसे अनि एक दिन सोधे सर कति बजे हो १८ गते समय पनि अपडेट गरौं ना । उहाँ ले भन्नू भयो १२ बजे औपचारिक कर्यक्रम अनि १ बजे बाट चलचित्र शो हुन्छ । म पनि विभिन्न कार्यक्रममा हिडी रहने भएकाले नेपालमा भनेकै समयमा त पक्कै हुन्न होला भनेर म १२:४५ मा घर बाट निस्के, राष्ट्रिय नाचघर जमलमा पुगे । भनेकै समय मा कार्यक्रम भएर चलचित्र शो भयो कि भनेर रितुराज जि लाई सम्पर्क गरे । उहाँ ले आधा घन्टा जति अझै लाग्ने भन्ने जानकारी दिनु भयो । जानकारी पाए पछि म आफ्नो अफिस तिर लगे र अफिस बाट क्यामेरा र स्टेन्ड लिएर आए ।

माथी उल्लेख गरिएका काम सबै हुँदा लगभग २ बजेको थियो । लगभग २ बजे पछि औपचारिक कार्यक्रम सुरु भयो । हामी छोटो कार्यक्रम गर्छौ भन्दै कार्यक्रम संचालकले कार्यक्रम अगाडि बढाए । मैले सोचे होलनी यहाँ जति जना मानिसहरु उपस्थित थिए यी सबै चलचित्र हेर्न कै लागि आएका थिए । तर बिडम्बन धेरै समय लिन्न भन्द भन्दै कार्यक्रम यति लम्ब्यायो कि फिल्म हेर्न अएका दर्शक हरुले कार्यक्रम चाडो सकाउ भन्नू पर्यो । १ बजे सुरु हुने भनिएको चलचित्र लगभग ४ बजे सुरु गरियो |

अझ रोचक कुरा त के छ भने दर्शकले बिरोध स्वरुप  हुटिङ्ग गरे पनि संचालकले कार्यक्रम अगाडी सन्चलन गरि रहे । दर्शक लाई भगवान मान्ने कलाकारहरूले  त्यहाँ फिल्म हेर्न गएका दर्शक लाई मान्छे नै गनिएन। कार्यक्रम लामो भयो भनेर दर्शक चिच्याई रह्यो । कार्यक्रम संचालकले कार्यक्रम अगाडि बढाइ रहे ।

कार्यक्रममा भद्द मजक त झन जब भयो कार्यक्रम संचालक काख्रे फिल्म कै कलाकार हरुलाई सम्म्मन पत्र दिन सुरु गरे । कलाकार लाई सम्मान भनेको चलचित्रको प्रदर्शन पछि दर्शक को प्रतिक्रिया पछि दिदा पनि हुने थियो तर यहाँ यस्तो देखियो अफै भुत  अफै धामि भने झै गरि रहे । अफै चलचित्र बनाउने आफै सम्मान गर्ने आफैं सम्मान लिने ! जे होस लामो पर्खाइ पछि चलचित्र

सुरु भयो | यसरी चलचित्र सुरु भए पछी टाढा टाढा पुग्नु पर्ने दर्शक हरुले चलचित्रको पहिलो पार्ट मात्रै हेरेर निस्किनु पर्यो |

प्रसङ्ग बदलौँ चलचित्र सुरु भयो सबै चलचित्र हेर्न मस्ता थिए | मेरो नितान्त व्यक्तिगत बिचारमा भन्ने हो भने फिल्म पहिलाको तुलनामा निकै राम्रो बनेको रहेछ | चलचित्रको कथा बस्तु देखि प्रस्तुति सबै पहिलाको तुलनामा निकै उत्कृस्ट लाग्यो | अरु समीक्षा भनेको फिल्म सम्बन्धित बिज्ञा तथा बिज्ञा तामाङ पत्रकार ज्यु हरुले गर्ला तर मैले मेरो मनमा उठेका केहि प्रश्न भने यहाँ राख्दै छु जो जस संग सम्बन्धित छ ध्यान जावस –

१ तामाङ चलचित्र संघका अध्यक्ष ज्यु को अनुसार प्रिमियर शो पछी सेन्सर हुन्छ रे तर प्रिमियर मै सा-सानो बालबालिका देखि सबै देखियो |
२ अब प्रिमियर मै चलचित्रका निर्माता टिम संग सल्लाह गरेर उमेर को निर्धारण गर्ने पो होकी ?

जे होस् चलचित्र जे जस्तो भएनी चलचित्र हेर्न आएका दर्शक हरुलाई यसरी औपचारिक कार्यक्रमको नाममा भद्दा मजाक नबनाइयोस् ….नत्र तामाङ चलचित्र ले फेरी दर्शक माझ हैन चलचित्र निर्माता र नायक नायिकाको  आफ्नो परिवारको बीच मात्रै शो गर्ने दिन नआउला भन्न सकिन्ना ……..

सुमन मोक्तान
प्रबन्ध निर्देशक -साझा अनलाइन