जना प्रतिनिधिको तलब भत्ता र समाजसेवी युवाहरुको सहयोगमा मुडे- बाघखोर सडकमा ग्राबेल

1290

शैलुङ,असार १८ | जना प्रतिनिधिको तलब भत्ता र समाजसेवी युवाहरुको सहयोगमा मुडे- बाघखोर सडकमा ग्राबेल हाल्ने कार्य भएको छ | लामो समय सम्मा ठेकेदार सम्पर्कमा नआएपछि शैलुङ गाउपालिकाका अध्यक्ष श्री रिमल बाबु श्रेष्ठ र बाघखोर बजार ब्यबस्थापन समिति को सहकार्यमा मुडे- बाघखोर सडक खण्डको लाम्चेआहाल छेउमा सवारी आवागमन अवरुद्ध भएकोले उक्त ठाउँमा ग्राबेल हाल्ने कामको सुरुवात भएको हो ।

यस सडकमा ठेकेदार कम्पनीमा ठेक्का लागि सकेको कारणले गाउँ पालिकाकाे वजेट विनियोजन गर्न नमिल्ने भएकोले अध्यक्ष श्री रिमल बाबु श्रेष्ठ को १ महिना को तलब भत्ता र बाघखोर बजार तथा लाम्चेआहाल चिसापानी का केहि समाजसेवी युवा को आर्थिक सहयोगमा डिजेलको व्यवस्था गरी वाघखाेर बजार व्यवस्थापन समितिका अध्यक्ष भक्त वहादुर श्रेष्ठको दोजर ,टिप्पर,जे. सि. वि. व्याकलाेडरकाे सहयाेगमा सडकमा मर्मतको कार्य को थालनि गरिएको छ ।

लामो समय सम्मा सडकको काम अलपत्र रहेकाले अहिले त्यस क्षेत्रमा आवतजावत गर्ने सवारी साधनहरुले निकै सास्ती खेप्नु परेको छ |हामीले सम्बन्धित ठेकेदारलाई सम्पर्क गर्दा फोन लागेपनि उठएना |

Previous articleतामाङ भाषाको चलचित्र “दार्बुङ”को ट्रेलर सार्वजनिक
Next articleकाख्रेको जस्तै व्यवस्था अरु तामाङ चलचित्र निर्माता टिमले नदोहोर्याउन

Leave a Reply