
काठमाडौँ, १० असार |नेकपा क्रान्तिकारी माओवादी द्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आयल निगममा धर्ना दिएको छ | नेकपा क्रान्तिकारी माओवादीले आज नेपाल सरकार र नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृदि गरिएको विरुद्ध नेपाल आयल निगमकाे प्रङगनमा धर्ना तथा विराेध कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादी का केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले पटक -पटक आयल निगमले यसरी गरेको मूल्यवृद्धि विरुद्ध लाई फटाहाको संज्ञा दिदै यस्ता फटाहा गिरोहहरु र तिनीहरुको भण्डाफोर गर्न अब देश ब्यापी रुपमा सम्पूर्ण जनता हरु सडकमा उत्रिनु पर्ने बताउनु भयो |
त्यसै गरी मन्तब्य राख्ने क्रममा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य परि थापाले आयल निगम थोक बिक्रेता हुनु पर्नेमा खुद्र बिक्रेता बनेर बसेको आरोप लगाउनु भयो |