
शैलुङ, जेठ ११ | पाँच वर्षे योजना सहित शैलुङ वडा नं ५ का वडाध्यक्ष दिलकुमार तामाङ द्वारा पद बाहली गरेको छ | धेरै दिन भोक भोकै खाली पेट जनताको काम मा बिताएको बताउदै अहिले झन् धेरै जिम्मेवारी थपिएको र त्यसलाई पुरा गर्न आफु अझ धेरै खटिने बताउनु भयो |
सङ्घीय कानुन, प्रदेश कानुन र गाउँपालिकाको कानुनभित्र रहेर अबको ५ वर्ष भित्र सम्मुनत वडा बनाउन आफु लाग्ने बताउदै विभिन्न योजना हरु सार्जनिक गर्नु भएको छ |
उनले भने , जनता द्वारा दिएको जनमत को उच्च मुल्यांकन गर्दै सेवक को भुमिका गर्ने , ५ बर्ष भित्र एक घर एक धाराको पुर्ण रुपले ब्याबस्थापन गर्ने,५ बर्ष भित्र मा बस्ती स्तर का प्रायः कृषि तथा सबै सडक हरु स्तरोन्नती गर्ने , ५ बर्ष भित्र मा ८० प्रतिशत खेती योग्य जमिन मा सिंचाइ को ब्याबस्थापन गर्ने, ५ बर्ष भित्र निर्बाहमुखी कृषि बाट आत्मनिर्भर हुँदै आर्थिक समृद्धि तर्फ उन्मुख गराउन ब्याबसायिक खेती को सुरुवात गराउने , ५ बर्ष भित्र शिक्षा को गुणस्तर सुधार को निमित्त आबश्यक रणनिती अपनाई जिबनपयोगी शिक्षाको अबधारणा लाई कार्यन्वयन गर्ने , स्वास्थ्य कार्यलय, वडा कार्यलय बाट प्रदान गरिने सेवा सुबिधा मा थप जनमुखी बनाउन आबश्यक प्रबन्ध हरु मिलाउने बताउनु भयो |
पदभार ग्रहण कार्यक्रममा निवर्तमान कार्यवाहक वडा अध्यक्ष गोविन्द खड्का, पूर्व जनप्रतिनिधि, वर्तमान नव निर्वाचित जनप्रतिनिधि, काटाकुटी स्वास्थ्य चौकी इन्चार्ज अनिता न्यौपाने, वीरेन्द्र मावि विद्यालय ब्याबस्थापन समितिका अध्यक्ष कुमार बस्नेत, वीरेन्द्र माविका प्रधानाध्यापक खेमराज भट्टराई , गठबन्धन का प्रत्याशी वडा अध्यक्ष का उम्मेदवार तथा नेपाली काङ्ग्रेस पार्टी कमिटीका वडा सचिव पुष्प खड्का उपस्थित रहेका थिए ।
पदभार ग्रहण कार्यक्रम मा निबर्तमान कार्यबाहक वडा अध्यक्ष गोबिन्द खड्का लगाएत पुर्ब जनप्रतिनिधी, बर्तमान नव निर्बाचित जनप्रतिनिधी, काटाकुटी स्वास्थ्य चौकी ईन्चार्ज अनिता न्यौपाने, बिरेन्द्र माबी बिध्यालय ब्याबस्थापन समितिका अध्यक्ष कुमार बस्नेत, बिरेन्द्र मा बि का प्रधानाध्यापक खेमराज भट्टराई , गठबन्धन का प्रत्यासी वडा अध्यक्ष का उमेद्वार तथा नेपाली काङ्ग्रेश पार्टी कमिटी का वडा सचिब पुष्प खड्का, एकीकृत समाज बादी का प्रत्यासी वडा अध्यक्ष का उमेद्वार नारायण कार्की , वडा का भेटनरी प्राबिधिक महेश्वर केसि , कृषि प्राबिधिक साजन बुढाथोकी , वडा सचिब त्रीपुरेश यादब, गरिब सग बिशेश्वोर कार्यक्रम का सहजकर्ता निर्मला ढुङ्गेल लगाएत ले नवनिर्वाचित जनप्रतिनिधी लाई स्वागत तथा पुर्ब निर्वाचित जनप्रतिनिधी लाई बिदाई गर्नु भएको थियो