
काठमाडौँ जेठ ९ | पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न (नेकपा क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारीले माग गरेको छ | मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको कार्यालय टेकु अगाडि प्रदर्शन गरेको हो ।
निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १०–१० रुपैयाँ मूल्यवृद्धि गरेको थियो भने
खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २०० बढाएको थियो ।