जनयुद्धका घाइते रिमाल बाबु श्रेष्ठ बने शैलुङ गाउँ पालिकाका अध्यक्ष

शैलुङ जेठ ४ । दोलखाको शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका रिमाल बाबु श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार धन बहादुर तामाङ लाई ८८ मतले पछी पर्दै श्रेष्ठ बिजयी हुनु भएको हो |

रिमालले ४ हजार ९ सय १८ मत प्राप्त गरेका छन् भने तामाङले ४ हजार ८ सय ३० मत पाएका छन् । शैलुङ गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी पार्वती कार्की निर्वाचित भएकी छन् ।

उनी नेपाली कांग्रेसका दावादोर्जे मोक्तान लाई पराजित गर्दै पालिका उपाध्यक्षमा विजयी भएकी हुन् । उपाध्यक्ष कार्कीले ५ हजार १ सय ३५ मत प्राप्त गर्दा मोक्तानले ४ हजार ७ सय ४१ मत पाएका छन् ।