
शैलुङ गाउँपालिका ४ र ५ नं वडामा नेकपा एमालेका प्यानल नै निर्वाचित भएका छन् । मङ्गलवार र बुधवार सार्वजनिक मत परिणामअनुसार वडा ४ को वडाध्यक्ष झम्कबहादुर कार्कीले ९१४ मत ल्याएर निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कृष्ण प्रसाद ढुङ्गेलले ४६९ मत प्राप्त गरेका छन् । वडा नं ४ कार्कीको प्यानल नै भारी मत ले विजयी भएका हुन् ।
वडासदस्यद्वय प्रेमबहादुर श्रेष्ठ र रामप्रसाद सुवेदी, महिला सदस्य वन्दना पाख्रिन र मछिन्द्रा नेपाली खत्री विजयी भएका हुन् । यसै गरी वडा नं ५ को वडाध्यक्षमा दिलकुमार तामाङ ५४८ मतले ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुष्प खड्काले ४४६ मत प्राप्त गरेका छन् । सदस्यद्वय जितबहादुर तामाङ र नवराज कार्की, महिला सदस्य चम्सुरी कार्की र कृष्णकुमारी कामी विजयी भएका हुन् ।